एसपीको दाजुको घरमा ढिला पुग्दा जागिरबाटै बर्खास्त गर्न खोजेपछि…


४ माघ २०७४, बिहीबार
sandeep bhandari

काठमाण्डौं : प्रहरीभित्र प्राविधिक सीप भएका व्यक्तिहरूलाई संगठनका काममा लगाउने भनि भर्ना गरिए पनि हाकिमहरूले आफ्ना घरका काममा प्रयोग गर्ने गरेका तथ्यहरू धेरै सार्वजनिक भइसकेका छन् । sandeep bhandari

यस बाहेक कतिपय प्रहरीकै उच्च अधिकारीहरूले आफ्नो मात्र नभएर आफ्ना नातागोता र दाजुभाइका घरायसी कामहरूमा पनि प्रयोग गर्ने गरेका तथ्यहरू पनि सार्वजनिक भइरहेका छन् । निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्यालका पालामा कार्यालयको कामका अलावा कसैले पनि निजी घरमा काम गराउन प्राविधिकहरू लैजान नपाउने निर्णय पोलिसीकोअर्डिनेशन कमिटी (पिसिसी) बाट गराए पनि त्यो लागू भएको छैन भन्ने कुरा हालै मुख्यालय हाताभित्रै रहेको १ नम्बर गणका गणपति सन्दिप भण्डारीले लगाएको कामले पुष्टि गर्दछ ।

एसपी सन्दिप भण्डारीले गणमा कार्यरत हवल्दार नन्दकिशोर यादवलाई आफ्नो घरको काममा मात्रै नभएर आफ्ना दाजुको घरमा समेत लामो समय काममा पठाएको उल्लेख गर्दै प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरीमा परेको छ । हवल्दार यादव प्राविधिक नभए पनि उनी काठको कामका लागि सिपालु र पोख्त भएका कारण यसअघि पनि गणका निरीक्षकदेखि एसपीसम्मका कतिपय अधिकृतहरूले आफ्नो व्यक्तिगत घरको काममा प्रयोग गराउँदै आएका थिए ।

एसपी भण्डारीले पनि आफ्ना दाजु दुर्गाप्रसाद भण्डारीको घरमा काम गर्न पठाएका हवल्दार नन्दकिशोर यादवलाई काम सकिएपछि पनि गणमा हाजिर नभएको भन्दै गयल खालीको कार्वाही प्रक्रिया अगाडि बढाएपछि यो कुरा उजागर भएको हो ।

आखिर एसपी भण्डारीले किन आफ्नो नभएर आफ्ना दाजुको घरमा काम गर्नलाई गणका प्रहरी प्रयोग गरे भन्ने प्रश्न अहिले सचिवालयमा परेपछि एसपीमाथि पनि छानविन गर्नुपर्ने आवाज उठिरहेको छ । काम लगाउने त्यसमाथि आफ्नो नभएर आफ्ना दाजुको घरमा अनि गयल खाली गराउने भन्दै गणभित्र समेत यस विषयमा व्यापक असन्तोष पैदा भएको सुल्न आएको छ ।

एसपी सन्दिप भण्डारीका दाजु दुर्गा भण्डारी पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा २०६५ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट कृषि राज्यमन्त्री करिमा बेगमको झापड नै खाएका थिए । २०६६ साल कार्तिक २४ गते तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री बेगमले बीरगञ्ज आउँदा सिमरा बिमानस्थलमा लिन पूरानो गाडी पठाएको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा कुटेकी थिइन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७