कर्णाली प्रदेशमा कोरोना परिक्षण गर्ने थप दुई मेसिन थपियो {भिडियाे}


११ बैशाख २०७७, बिहीबार
Coronavirus machine

सुर्खेत, ११ बैशाख । अब कर्णाली प्रदेशमा कोरोनाको परिक्षणले तिब्रता पाउने भएको छ । कोरोना भाइरस (कोभीड–१९) को नमुना परिक्षण गर्न थप दुई मेसिन कर्णालीमा ल्याइए संगै अब परिक्षणले तिब्रता पाउने भएको हो ।

केन्द्र सरकारले पठाएको रियल टाइम पीसीआर मेशीनसहित विशेषज्ञ टोली र स्वास्थ्य सामग्रीहरु बिहीबार हेलिकोप्टर र विमान मार्फत सुर्खेत ल्याइएको हो । कर्णाली ल्याएका मेसिन सुर्खेत र जुम्लामा राखिने जनाइएको छ ।

स्वाब परीक्षणान ढिलाइ भएपछि थप मेसिन सुर्खेत ल्याइएको हो । यसअघिको कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा रहेको मेसिनले दैनिक १५ जनाको मात्रै स्वाब परीक्षण गरिँदै आएको थियो ।

सुर्खेतमा ल्याएको मेसिन पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको भवनमा राखेर सञ्चालनमा ल्याइने छ । सुर्खेतमा राख्ने मेसीनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।  

सुर्खेतमा रहेको प्रयोगशालाले चाप धान्न नसक्दा कर्णालीका विभिन्न जिल्लाहरुबाट संकलन गरिएका स्वाबहरु परीक्षणका लागि धनगढी र कठमाडौं पठाउने गरिएको थियो ।

नयाँ मेसिन आएसँगै कोरोनाको आशंका गरिएका स्वाबहरुको परीक्षणमा तिव्रता आउने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७