आमाको सम्झनामा


११ बैशाख २०७७, बिहीबार
ghanshyam bhusal 1

आज मातातिर्थ औँशि भइगयो, आमाको सम्झनामा
टक्राउँदैछु शब्दका सुमनहरु, लिएर यो मनमा
सृष्टिको जननी ममताकी मुर्ति, भनिने यो जगतमा
जीवितै भए सेवा गारैँ यदि नभए, स्मरण गरौँ मनमा ।


ममताको बन्धन कसिलो रहने, आमाको त्यो काखमा
पहिलो पाठशाला घर र शिक्षक पनि, हुन्छिन आमा महान
तातेतो गर्दे हिँडाउने र कोखाइ भनी भुलाउँछिन् आमामा
इशु, अल्लाह, देवता र अन्य कुनै, तुल्य छैनन् आमामा

संस्कार स्वाबलम्बन शिक्षा र सीप दिने को हुन भनन
मातृ क्रृण तिर्न सकिन्न सहजै, एकछिन गर मनन
सक्छौँ गर सेवा आमाको तर, चोट नहेउ मनमा
आज मात्र होइन बुुझौँ , सँधै हामी, आमाको त्यो वेदना ।

कावासेती–३ नवलपरासी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७