बन्दाबन्दीमा प्रदेश–२ मात्र लुकिछपी भारतबाट भित्रिए एक हजारभन्दा बढी


११ बैशाख २०७७, बिहीबार
Nepalgunj Naka Band Sima

जनकपुर, ११ बैसाख । मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् ।

सोमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस प्रदेशअन्तर्गतका आठ वटै जिल्ला भारतसँग जोडिएका रहेकाले बढी सचेत रहनुपर्ने अवस्था देखिएको छ । प्रवेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेशनमा राखिएको छ । भारतबाट प्रवेश हुन नदिनका लागि स्थानीयले सचेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न उनले सुझाव दिएका छन् ।

यसैबीच, लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढुवानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कोभिड–१९ र्‍यापिड रेसपोन्स टिमलाई क्रियाशील गरेको छ ।

सोका माध्यमबाट किसानले कृषि क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउनका लागि जिल्लाका कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी तोकिएको उनले जानकारी गराए ।

सोअन्तर्गत, कृषि ज्ञानकेन्द्र सप्तरी, कृषि ज्ञानकेन्द्र धनुषा, कृषि ज्ञान केन्द्र महोत्तरी र सर्लाहीका साथै बारा, पर्सा, रोतहट, सिरहास्थित कृषि ज्ञान केन्द्र र जनकपुरस्थित उष्णप्रदेशीय बागवानी नर्सरी केन्द्रलाई तोकिएको हो ।

यस्तै, पशुपक्षीतर्फ मत्स्य विकास केन्द्र लहान, सिरहा, मत्स्य विकास केन्द्र फत्तेपुर, सप्तरीलाई तोकिएको छ भने धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लास्थित भेटनरी तथा पशुसेवा विज्ञ केन्द्रलाई तोकिएको सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७