प्रदेश-१ मा २८ कोरोना संक्रमित, को कहाँका ?


१२ बैशाख २०७७, शुक्रबार
korona 5

विराटनगर, १२ बैसाख । प्रदेश नं १ मा हालसम्म २८ जना कोरोना संक्रमित देखिएका छन् ।
संक्रमितहरुमा २६ पुरुष र दुई महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । संक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् ।
नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन् ।

उनहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने संक्रमितको अवस्था सामान्य रहेको छ ।

प्रदेशमा चार हजार ८१३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा तीन हजार ९२९ को नमूना परीक्षण गरिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको संख्या बिहीबारसम्म कूल एक हजार ९२ पुगेको छ । २४ पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा जम्मा चार हजार ९१० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७९४ र पुरुष चार हजार ११६ छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७