हरेक १०० वर्षमा देखिएको विश्व हल्लाउने चार ठूला महामारी


१२ बैशाख २०७७, शुक्रबार
covid 19
 

 करिब ४०० बर्ष यता विश्व जगतमा हरेक १०० बर्षको अन्तरालमा ठुलो महामारी आउने गरेको छ।जसले विश्वका बैज्ञानिकहरुलाई औषधि पत्ता लगाउनमा तल्लीन बनाउने र आम मानिसहरुको जिबनयापनमा कठिनाइ ल्याउने गरेको छ । विश्व नै हल्लाउने चार महामारीहरु यस प्रकार छन :

 
 

प्लेग (plague )   सन् १७२० मा बुबोनिक प्लेगको घातक महामारी मार्सिला मा सुरुवात भएको थियो त्यसैले यसलाई मार्सिलाको विपत्ति पनि भनिन्छ । yersinia pestis नामक जिबाणुबाट सरेको रोग जुन स्विस र फ्रान्सेली बैज्ञानिक का नामबाट राखिएको हो । यो जिबाणुको बाहेक मुसा,लोखर्के रहेका छन् । विशेष गरि मुसामा पाइने उपियालाई बाहक बनाएर यो रोग लाग्ने गर्दछ ।अन्वेषण अनुसार यस महामारीबाट मृत्यु हुनेको संख्या १ लाख अनुमान गरिएको छ ।  

हैजा (cholera)

सन् १८२० मा एसिया का केही देशमा ,इन्डोनेसिया ,थाइल्यान्ड र फिलिपिन्स मा फैलिएको यो महामारी भिब्रेओ कलेरा नामको ब्याक्टेरियाका कारणले हुने सानो आन्द्राको संक्रमण हो। यो संक्रमणको मुख्य कारण किलर ब्याक्टेरिया बाट संक्रमण भएका तालहरु देखि पानीको उपयोग हो। यसले उक्त समयमा १ लाख मानिसको मृत्यु भएको थियो। हालपनि यो महामारीले गर्दा बर्सेनि मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन ।

  स्पेनिस फ्लु ( spanish flu)

सन् १९२० मा सबैभन्दा निस्ठुरी महामारी को रूपमा चिनिने H1 N1 इन्फ्लुएञ्जा बाट सर्ने सन् २००९ मा स्वाइन फ्लुका नामले परिचीत बिश्वका सबै देशमा फैलिएको महामारी स्पेनिस फ्लु हो। बिश्व का करिब आधा खरब मानिसहरूमा संक्रमण भएको र करिब ५ करोड भन्दा बढी मानिसको मृत्यु भएको यो औपचारिक रूपमा रेकर्ड गरिएको सबैभन्दा घातक महामारी हो।  

कोरोना भाइरस (corona virus ) सन् २०१९ मा चिनको हुबेइ प्रान्तको वुहानमा पहिचान गरिएको थियो । बैज्ञानिक हरुले यसको नाम COVID -19 नामाकरण गरेका छन् ।यो भाइरस कसरी फैलिएको हो भन्ने अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन । हालसम्म करिब २७ लाख ३३ हजार मानिसमा संक्रमण देखिएको मा मृत्यु हुने,सन्चो हुने ,संक्रमण हुने संख्या अझै बढ्ने देखिन्छ । हालसम्म यसको खोपका सम्बन्ध मा अनुसन्धान जारी रहेको छ।

  हरेक १०० बर्ष मा आउने महामारीका विरुद्ध बिजयी प्राप्त गर्न स्वास्थ मन्त्रालय , विश्व  स्वास्थ संगठन र चिकित्सकहरुले दिएको सल्लाह उच्च आत्मबल बनाएर “prevention is better than cure “लाई आत्मसात गरेमा महामारीबाट विजय प्राप्त गर्न अवस्य सकिन्छ ।

  ( लेखक : महाँकाल जनजागृत माबी बुढानिलकण्ठ न.पा.८ गोल्फुटारका विज्ञान शिक्षक हुनुहुन्छ )

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७