भिडियो: लकडाउन ३३ औं दिन, सरकारलाई जनताको अभुतपूर्व साथ


१३ बैशाख २०७७, शनिबार
Lockdown 22 day.00 03 44 14.Still004

काठमाडौं, १३ बैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ ।

यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ । एक महिना बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको थियो । झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या थप बढिरहेको छ । संक्रमित थपिएसँगै संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो समय संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये १० जना निको भएर घर फर्किएसँगै केही आशा पनि जागेको छ । अर्थतन्त्र चलायमान बनाउन जोखिमको आधारमा केही क्षेत्रमा खुकुलो बनाउने तयारी अर्थ मन्त्रालयले गरिरहेको बताइएको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् ।

धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारले  पटक–पटक लकडाउनको समय थप्दै आएकामा वैशाख १५ गते सोमबार यसको अवधि समाप्त हुँदैछ । उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउन बढाउने वा नबढाउने निर्णय लिने भएकाे छ । 

यसैबीच सरकारले आन्तरिक र बाह्य हवाई उडान आउँदो जेठ २ गतेसम्म कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज (शनिबार) बसेको वैठकले तत्काल हवाई उडान नखुलाउने निर्णय गरेकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७