डब्लुएचओ भन्यो,‘उपचारपछि निको भई फर्केका व्यक्तिमा पुनः सङ्क्रमण हुनसक्छ’


१३ बैशाख २०७७, शनिबार
who

जेनेवा, १३ वैशाख(एएफपी) । कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन ।

डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधार छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।

डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७