कोरोनाबाट बेलायतमा ३३ नेपालीको गयो ज्यान, ४० भन्दा बढी संक्रमित

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी भुपू गोर्खा


१४ बैशाख २०७७, आईतवार
london korona

लण्डन, १४ बैसाख । कोरोना भाइरस संक्रमणबाट नेपालमा रहेका भन्दा विभिन्न देशमा रहेका नेपालीले बढी दुःख पाए ।

कोरोना भाइरसबाट विदेशी भूमिमा त्रास मात्र होइन धेरै नेपालीले आफ्ना आफन्त गुमाउनु परेको छ । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या ३३ पुगेको छ ।

बेलायतमा ४० जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । संक्रमितमध्ये २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा करिब दुई दर्जन जति भूपू गोर्खाहरु छन् ।

कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीन जना महिलाहरु छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ । बेलायतमा विशेषगरि पूर्व गोर्खाहरु बढी भएकाले बृद्धबृद्धाहरुको संख्या धेरै भएकोले कोरोनाको निकै प्रभाव पर्ने देखिन्छ ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ । बेलायतमा एक लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७