नेपाली फुटबललाई फिफाको पाँच लाख डलर सहयोग


१४ बैशाख २०७७, आईतवार
fifa

काठमाडौं, १४ बैसाख । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर सहयोग दिने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उद्देश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो । फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २११ सदस्य राष्ट्रलाई आर्थिक सहयोग घोषणा गरेको छ ।

फिफाले राहत कोषबाट आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई कूल १५० विलियन अमेरिकी डलर प्रदान गर्नेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो चरणमा अति प्रभावित राष्ट्रलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन् ।

कोरोनाको कारण आफ्ना सदस्य राष्ट्रमा घरेलु लिग र फुटबल गतिविधि ठप्प हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको कारण आर्थिक सहायता प्रदान गर्न लागिएको फिफाले प्रष्ट पारेको छ । फिफाबाट आएको आर्थिक सहयोग सम्बन्धित संघले आफ्ना कर्मचारीको तलबमा खर्च गर्नु पर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७