प्रदेश–१ मा ३० कोरोना संक्रमित, आइसोलेसनमा ३१ जना


१४ बैशाख २०७७, आईतवार
koshi hospital

विराटनगर, १४ बैसाख । प्रदेश नं. १ मा हालसम्म कोभिड–१९ बाट ३० जना संक्रमित देखिएका छन् ।

प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना डेस्कले जनाएको छ ।

प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९को परीक्षण गरिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या शनिबारसम्म एक हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७