अस्पतालद्वारा मृत्त घोषित कोरोना संक्रमित महिला एकाएक व्यूँझेर फोन गरेपछि …


१४ बैशाख २०७७, आईतवार
jiudo

काठमाडौं, १४ बैसाख । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा अस्पतालले कोरोना संक्रमणका कारण मृत घोषणा गरेको एक महिला व्यूँतिएपछि परिवारमा खुशी फर्केको छ ।

कोरोना संक्रमित ७४ वर्षकी अल्बा मारुरीलाई अस्पतालले मृत घोषित गरेको भए पनि उनी जीवितै फेला परेकी हुन् । यतिसम्मकी अस्पतालले परिवारका सदस्यलाई उनको अस्तु (खरानी) नै भनेर पठाइसकेको थियो ।

तर, तीन हप्ता कोमा बसाइपछि बिहीबार उनी एकाएक व्यूँझिइन् र आफ्नी बहिनीलाई फोन गरिदिन डाक्टरसँग आग्रह गरिन् । यस्तो थाहा पाएपछि उनको परिवारको खुशीको सीमा रहने कुरै भएन ।

यता अस्पतालले पहिचानमा भूल हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरेर आफूबाट गम्भीर गल्ती भएको भन्दै माफी मागेको छ ।
हेर्नुस् यस्तो ट्वीट

t

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७