मेयर कपमा बराहक्षेत्र फाईनलमा प्रवेश


४ माघ २०७४, बिहीबार
meyar cup 4 1

चतरा (सुनसरी) : एभेष्ट फुटबल क्लबको आयोजनामा भइरहेको बराह नगरपालिका–३ नडाह स्थित जारी प्रथम मेयर कपमा बराहक्षेत्र फुटबल २ –० ले विजयी भएको छ । बिहीबार भएको खेलमा बेलवारी फुटबल क्लबलाई बराहले हराएको हो । meyar cup 4 1

खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन् । दोस्रो हाफको ४१ औ मिनेटमा सन्तोष तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । यस्तै बराहक्षेत्र फुटबल क्लबका अग्रपन्तीका खेलाडीलाई बेलवारीका रक्षा पन्तिका खेलाडीले डी बक्ड एरियामा लडाएपछि पाएको पेनाल्टीमा सन्तोष तामाङ्गले पुनः गोल गर्दै ब्याक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि बेलाबारीलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो ।

बेलवारी फुटबल क्लब मोरङसँग राष्ट्रिय खेलाडी कर्ण लिम्बू सम्मिलित लगायतका छन् । भने बराहसँग निराजन खड्का, प्रकाश बुढाथोकी, विष्णु सुनुवार, रोमन गुरुङ, विनय श्रेष्ठ र वर्तमान राई जस्ता राष्ट्रिय स्तरका खेलाडी छन् ।

खेलमा सन्तोष तामाङ ‘म्यान अफ द म्याज’ घोषित भए । तामाङलाई समाजसेवी मीन कुमार चाम्लिङको हातबाट नगद २ हजार ५ सय सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा विजेताले एक लाख एक हजार, दोस्रो पुरस्कार ५१ हजार प्राप्त गर्ने छ । प्रतियोयोगितामा शुक्रवारको खेल १ नं प्रदेश प्रहरी बिराटनगर र घरेलु क्लब एभेष्ट फुटबल क्लबका बिच हुनेछ ।

meyar cup 7 1 meyar cup 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७