‘कोरोना कोषमा जम्मा भयो दुई अर्व भन्दा बढि रकम’ (भिडियोसहित)


१४ बैशाख २०७७, आईतवार
lockdown kadai.00 01 15 05.Still001

काठमाडौं, १५ बैशाख । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा दुई अर्व भन्दा बढि रकम जम्मा भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अहिलेसम्म कोषमा अहिलेसम्म दुई अर्व १६ करोड रुपैयाँ जम्मा भएको जानकारी दिए ।

आइतबारमात्रै कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैया सहयोग गरेको छ । गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्यालयका सचिव बिडारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
यसअघि नेपालमा आईपरेका ठुला विपतहरु भूकम्पएवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो । सचिव बिडारीले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि कोषको रकम प्रयोग गरिने जानकारी दिए ।

सहयोग हस्तान्तरण पछि प्रेस बिज्ञप्तीमार्फत फाउण्डेसनका अध्यक्ष शेष घलेले कोरोना संक्रमितको संख्यालाई नियन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्तगर्दै यो महामारीबाट नेपाली जनता एवं विश्व चाँडै मुक्तहुने विश्वास व्यक्त गरेो ।

अध्यक्ष शेष घलेले भनेका छन्, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७