मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि


१४ बैशाख २०७७, आईतवार
1587902740MEga Bank

काठमाडौं, १४ वैशाख । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ ।

सम्झौताअनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्‍याउने भएको हो ।

यसरी स्वास्थ्य सेवा लिँदा मेगा बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकहरूले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुटसमेत पाउने बैंकले बताएको छ ।

इजी केयरको वेबसाइट, टेलिफोन नम्बरहरू ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएपमार्फत बैंकका ग्राहकहरूले इजी केयरलाई सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७