कोरोनामुक्त भएर काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोन्सन


१४ बैशाख २०७७, आईतवार
Boris Johnson 1 scaled

काठमाडौं, १४ वैशाख । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् ।

लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा झैँ काम गर्न थाल्ने बताएका हुन् ।

प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिएका छन् । प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा ३ रात बिताएका थिए । त्यसपछि १ हप्ता सामान्य शय्यामा बसेका थिए ।

सघन उपचार कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए ।  कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा यो महामारीबाट अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७