३० संक्रमित रहेको प्रदेश नं. १ मा पाँच हजार बढीको परीक्षण


१५ बैशाख २०७७, सोमबार
korona 12

विराटनगर, १५ बैसाख । प्रदेश–१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।

द्रूत परीक्षण विधि (आरडीटी) बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन् ।

क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एक जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन् ।

पत्रकारलाई एन ९५ मास्क
कोरोना रोकथाममा नियमित समाचार सङ्कलन गर्ने पत्रकारको स्वास्थ्य एवं सुरक्षाका लागि ध्यान दिई करुणा फाउण्डशेन नेपाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

फाउण्डेशनका प्रदेश सहनिर्देशक योगेन्द्र गिरिले नेपाल पत्रकार महासङ्घ मोरङका उपसभापति कुमोद अधिकारीलाई एन ९५ मास्क, सेनेटाइजरलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७