लकडाउनमा यातायत मजदुर संगठनद्धारा आफनो २८ सय सदस्यलाई राहत वितरण


१६ बैशाख २०७७, मंगलवार
ITWAN

काठमाडौं १५ बैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले लकडाउन (बन्दाबन्दी) को समयमा समस्यामा परेका आफ्ना सदस्यहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । संगठनले बैशाख १५ गतेसम्म २८१४ सदस्यलाई राहत वितरण गरेको अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।

संगठनले प्रदेश नं १ मा ९ सय ५२ जना, प्रदेश नं २ मा ३ सय ६१ जना, बागमति प्रदेशमा ६ सय ७ जनालाई राहत वितरण गरिएको छ । यसैथरी गण्डकी प्रदेशमा ६ सय २ जना, प्रदेश नं ५ मा १ सय २१ जना तथा सुदुरपश्चिम प्रदेशमा १ सय ५३ जनालाई राहत वितरण गरिएको हो ।

अध्यक्ष राईका अनुसार राहत वितरणको क्रममा बिराटनगर महानगरपालिकाले बसपार्कमा मजदुरहरुलाई खानाको व्यवस्था गरेको थियो भनें पनौति नगरपालिकाले ७ सय ५० किलो चामल प्रदान गरेको थियो ।

यसैगरी पनौतिस्थित पूण्यवती यातायात प्रालीबाट २२ हजार सहयोग प्राप्त भएको, पूर्व नेपाल यातायात प्राली बिराटनगर, नेकपा मोरङ जिल्ला कमिटी, नेकपा धरान उपमहानगर कमिटी, डिपोटियन क्लव धरान, लायन्स क्लव धरानले पनि सहयोग गरेको थियो । राहत वितरणमा देशका विभिन्न स्थानिय तह र जनप्रतिनिधिहरुले सहयोग गरेको संगठनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७