फेरी दुई जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘लकडाउनको पूर्ण पालना गरौं’ {भिडियो}


१६ बैशाख २०७७, मंगलवार
Bikash devkota 2 1

काठमाडौं, १६ बैसाख । नेपालमा फेरि दुई जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका दुई पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएको जानकारी दिए ।

उनीहरू रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका ती व्यक्तिको स्वाब परीक्षण गर्दा भाइरसको संक्रमण देखिएकाे हाे । उपचारका लागि दुवै संक्रमिलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिएका छन् ।

चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका निवासी ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए ।

मंगलवार थपिएका २ कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ भने हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनले हालसम्म ५४ हजार ८२६ जनामा कोरोना परिक्षण भएको बताए भने आइशोलेशनमा १०७ जना रहेको जानकारी पनि गराए ।

अहिले कोरोनाभाइरसका सबैभन्दा बढी संक्रमित विराटनगरमा उपचार गराइरहेका छन् । त्यस्तै, चितवनमा एक जना, धनगढीमा एक जनाको उपचार भइरहेको छ । वीरगन्जमा अब तीन जनाको कोरोनाभाइरस संक्रमणका एक्टिभ केसहरु रहेको उनले बताए ।

यस्तै स्वास्थ्य मन्त्रालयले फेरि दुई जनामा कोरोना संक्रमण देखिएकाे भन्दै सरकारले थपेको लकडाउनको पुर्ण पालन गर्नुपर्ने र सिमामा कडाई गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७