लकडाउन ३६ औं दिन : सडकमा बाक्लो संख्यामा गाडी गुडन् थाले {भिडियो}


१६ बैशाख २०७७, मंगलवार
Lockdown 36 day.00 00 22 06.Still005

काठमाडौं, १६ बैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ ।

यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई साथ दिएका छन् । विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर पछिल्लो समय लकडाउन उलंघन गर्ने बढेपछि गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड(१९) संक्रमणको प्रसार रोक्न गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको थियो । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ ।सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही थालिएको छ ।



मंगलबार दिउँसोसम्म काठमाडौंका सडकमा चेकजाँचका क्रममा एक हजार बढि चार पांग्रे सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् ।

अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ ।

नेपाल आज फेरी दुुई जनामा कोरोना संक्रमण देखिएको छ । उनी दुबै लकडाउनको समयमा भारतबाट नेपाल भित्रिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । नेपालमा संक्रमितको संख्यो ५४ जना पुुगेको छ । यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७