अमेरिकामा कोरोनाबाट फ्रेण्ड्सका पूर्व खेलाडी पन्थीको मृत्यु


१७ बैशाख २०७७, बुधबार
mahesh panthi

काठमाडौं, १७ बैसाख । अमेरिकामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट नेपालका एक पूर्व फुटबल खेलाडीको मृत्यु भएको छ ।

ललितपुरको ‘ए’ डिभिजन फ्रेण्ड्स क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका महेश पन्थीको कोरोना संक्रमणका कारण ज्यान गएको हो । फ्रेण्ड्स क्लबलले आफ्नो पेजबाट पन्थीको मृत्यु भएको जानकारी गराएको छ ।

फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । यस्तै फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले पनि महेशको निधनमा दुःख व्यक्त गरेका छन् ।

नेपालमा ललितपुर कुपण्डोल घर भएका पन्थी एक दशकदेखि अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका थिए । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु नभए पनि विदेशमा भने करिब ५० जना नेपालीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७