भारतीय अभिनेता ऋषि कपूरको निधन


१८ बैशाख २०७७, बिहीबार
rishikapoor10 3042020044522 1000x01 3042020061728 1000x0 1
काठमाडौं, १८ बैशाख । बलिउड अभिनेता ऋषि कपूरको पनि निधन भएको छ। उनको ६७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
 
उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। सन् २०१८ मा क्यान्सर पत्ता लागेपछि न्यूयोर्कमा उपचार गरिएको थियो।  ११ महीनाको उपचार पछि निको भएर भारत फर्केका थिए।
 अभिनेता कपूर तीन महिनादेखि पुनः अस्वस्थ बनेका थिए। उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स फाउन्डेस हस्पिटलमा भर्ना गरिएको थियो।
 
उनको आज बिहान उपचारका क्रममा निधन भएको बलिउड अभिनेता अमिताभ बच्चनले ट्वीट गरेर सार्वजनिक गरेका छन्। यसबाट आफू दुःखी रहेको बच्चनले जनाएका छन्।
 
 
अभिनेता कपूरको पछिल्लो समय शर्माजी नमकिनुको सुटिङमा थिए। सुटिङकै क्रममा उनलाई समस्या भएको थियो। उनी बलिउड अभिनेता रणवीर कपूरका बुवा हुन्। उनी पनि क्यान्सरबाटै पीडित थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७