जन्म दिन…


१८ बैशाख २०७७, बिहीबार
manu budhathki scaled

साथी, आज तिम्रो जन्म दिन !
बा–आमाको घरको संघारमा लक्ष्मीले पाइला टेकेको त्यो प्रिय दिन
उपहार स्वरुप मिठो सम्झना अनि धेरै शुभकामना, स्वीकार ल
याद गर त ! कति रमाइला थिए है ती दिनह रु ?
जब तिम्रो र मेरो सामीप्यता झाँगिदै थियो
हरेक दिनको क्याम्पसको पढाई सकी त्यो नजिकको स्तुपामा
घण्टौं बसेर भबिष्यको प्लान शेयर गरेको
कति सुमधुर थिए है ती कहानीहरु ?
अपरिपक्व दिमागले सयौँ सपनाहरु बुनेको !

हो, आजै जस्तो लाग्छ त्यो दिन
जब केटाहरुले नजीक आएर जिस्क्याउँदा
तिमीले मज्जासँग थर्काएको, हा हा हा …

समय हुँँदा कहिले तिमी मेरो डेरा त
कहिले म तिम्रो डेरा पुग्थें
पढाई र भबिष्यको चिन्ता छोडी
वर्तमानका दुःख–सुख बाढ्ने गर्दथ्यौं

आहा ! साँच्ची नै यादगार थिए ती दिनहरु
तर, आज भौतिक रुपमा एक–अर्कासँग टाढा छौं
जहाँ रहे पनि तिम्रो जीवन सदा खुशी रहोस् साथी
जन्म दिनको कोशेली यहि शब्दलाई स्वीकार है !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७