संकटमा फसेका संखुवासभालीलाई सहयोग अभियान सुरु


२०७७ बैशाख १८ बिहीबार २३:०७ बजे

काठमाडौं, १८ वैशाख :  ‘विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को रोकथामको लागि गरिएको लकडाउनको कारण समस्यामा फसेका संखुवासभालीलाई सहयोग अभियान सुरु गरिएको छ । संखुवासभा घर भई काठमाडौंमा बसोबास गर्ने आर्थिक अभाव भएका विद्यार्थी तथा श्रमिकहरुलाई खाद्यान्न वितरण अभियान सुरु गरिएको हो ।

[caption id="attachment_222691" align="alignnone" width="960"] कपन क्षेत्रमा राहत वितरणको तयारी[/caption]

युवा नेता जीवन राईको अगुवाईमा लकडाउनबाट दैनिक रुपमा जीवन चलाउन समेत समस्या भएका विद्यार्थी तथा श्रमिकहरुलाई चामल, दाल र तेल वितरण सुरु गरिएको हो । आर्थिक रुपमा असाध्यै समस्यामा परेकाहरुको पहिचान गरेर पहिलो चरणमा २ सय परिवारलाई सहयोग गरिने नेता राईले बताए । ‘संखुवासभा–काठमाडौं सेवा समाज’का मार्फत विहिबारबाट प्रत्येक परिवारलाई एक बोरा चामल, दाल, तेल र नुन वितरण गरिएको हो ।

अभियान बारेमा जानकारी दिदै अध्यक्ष राई :-

समाजका अध्यक्ष समेत रहेका राईका अनुसार विहिबार काठमाडौंको कपन, चावहिल, जोरपाटी र मैतीदेवी क्षेत्र पुगेर सहयोग वितरण गरिएको छ । यो महासंकटमा राजधानीमा बसोबास गर्ने कोही पनि संखुवासभाली भोकै रहन नदिने आफूहरुको उद्देश्य रहेको उनको भनाई छ । केही भोकै रहन अवस्थाको भए आफुहरुलाई सम्पर्क गर्न उनको अपिल छ । सबै जिल्लाका अगुवाहरुले आ–आफ्नो जिल्लाका जनताहरुलाई सहयोग गरेमा यो संकटमा कोही पनि भोकै नरहने उनको भनाई छ ।


अभियानमा संखुवासभाका सबै स्थानीय तहबाट सम्पर्क व्यक्तिहरु राखिएका छन् । अभियानमा नेता राई सहित खाँदबारी नगरपालिकाका नवीन राई, पाँचखपन नगरपालिकाका उत्तर खड्का, चैनपुर नगरपालिकाका बिज्ञान दाहाल र उमेश भन्डारी छन् ।

यसैगरी मादी नगरपालिका राम तामाङ, धर्मदेबी नगरपालिकाका कृष्ण खड्का, सभापोखरी गाउँपालिका अशोक भट्टराई, चिचिला गाउँपालिकाबाट दिलकुमार राई, मकालु गाउँपालिकाबाट पासङ शेर्पा र भोटखोला गाउँपालिकका छिन्दुम भोटे र सिलिचुङ गाउँपालिकाका रामचन्द्र राई अभियानमा सामेल छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७