कट्रिनाको हात र खुट्टामा मेहन्दी देखिएपछि बलिउडमा हंगामा


५ माघ २०७४, शुक्रबार
Katrina kaif पार्टीमा जाँदा कट्रिनाको हातखुट्टामा मेहन्दी देखिएपछि तात्यो बलिउड

मुम्बई, माघ ५ : कट्रिना कैफको कारण अहिले बलिउड तातेको छ । ‘टाइगर जिन्दा है’ का निर्देशक अली अब्बास जफरले बुधबार आयोजना गरेको पार्टीमा पुगेकी कट्रिनाको हात खुट्टामा मेहन्दी देखिएपछि बलिउड वृत्त तातेको छ ।Katrina kaif पार्टीमा जाँदा कट्रिनाको हातखुट्टामा मेहन्दी देखिएपछि तात्यो बलिउड

मेहन्दी देखिएपछि बिभिन्न अड्कल गर्ने थालिएको छ । अली अब्बासले बुधबार आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । जहाँ पुगेकी कट्रिनाको हात र खुट्टामा मेहन्दी थियो ।
कट्रिनाले यो मेहन्दी के कारणले लगाएकी हुन् । भन्ने खुलेको छैन तर भारतीय सँस्कृतिमा बिहेमा मेहन्दी लगाउने परम्परा रहेकोले चर्चा पाएको हो ।

कट्रिनासँग उनकी बहिनी इसाबेल पनि पार्टीमा पुगेकी थिइन् । तर टाइगर जिन्दा है, सुल्तान जस्ता सफल फिल्म निर्देशक अली अब्बासका यी फिल्मका हिरो सलमान खान भने पार्टीमा पुगेनन् । सलमानकी बहिनी अलविरा भने पति अतुल अग्नीहोत्रीसँग पार्टीमा पुगेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७