‘भद्रगोल’ का हाँस्य कलाकार ‘बेलासे’ लाई कोरोना संक्रमण


१९ बैशाख २०७७, शुक्रबार
PSX 20200430 104456

काठमाडौं, १९ बैसाख । नेपाली हाँस्य टेली श्रृखला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’ लाई कोरोना संक्रमण भएको छ ।

करीब दुई बर्षदेखि लण्डनमा बस्दै आएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् ।

श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्दै आएका छन् । पछिल्लो समय लण्डनमा बस्दै आएका धेरै नेपाली कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७