सलमान र क्याट्रिनाको नेपाल भ्रमणबारे भारतमा पत्रकार सम्मेलन हुँदै 


५ माघ २०७४, शुक्रबार
salman alia katrina iifa

काठमाडौं : बलिउड चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दबंग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने तयारी गरिएका बेला सलमानको नेपाल भ्रमणबारे आज पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ।salman alia katrina iifa

पत्रकार सम्मेलनलाई सलमानका भाई सोहिल खानले सम्बोधन गर्ने भारतीय मिडियाहरुले जनाएका छन् । दबंग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाका अनसार चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण सलमानले क्याट्रिना सहित अन्य कलाकारहरुले पनि गर्ने तयारी गरिएको छ ।

दबंग टूर’ मार्च १० अर्थात फागूण २६ गते नेपाल आउने र उनीहरुले बिहिबारको दिन पारेर चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । सलमानसँग आउने ६० जनाको टिमले  चन्द्रागिरीको भ्रमण गर्नेगरी आउन लागेको दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टले जनाएको छ ।

सलमानको दबंग टुरमा नायिका क्याट्रिना कैफ, सोनाक्षी सिन्हा, ज्याकलिन लगायतका कलाकारहरु नेपाल आउँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७