प्रचण्डको यस्तो निर्णयले कार्यकर्ता चकित, आखिर किन गरे यस्तो निर्णय ?


५ माघ २०७४, शुक्रबार
Prachanda 57a5616475b7d8.63218526

काठमाण्डौं, ५ माघ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब उनको निवासमा भेट्न पाइने छैन ।  ललितपुरको खुमलटारस्थित उनको निवासमा कार्यकर्ताले अब भेट नपाउनु भएका हुन् । प्रचण्डसँग हुने सबै भेट र राजनीतिक गतिविधि अब पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्रै हुने भएको हो । उनको भेटघाट तथा कार्यक्रमको तालिका समेत अब केन्द्रीय कार्यालयले नै तय गर्ने जनाइएको छ । Prachanda 57a5616475b7d8.63218526

प्रचण्डको सचिवालयका अनुसार उनलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि राजनीतिक गतिविधि तथा कार्यक्रम केन्द्रीय कार्यालयमा मात्र गर्न लागिएको हो । प्रचण्ड आफैंले बोलाएका व्यक्ति बाहेक अरुले खुमलटार निवासमा भेट्न नपाउने उनको सचिवालयले जानकारी दिएको छ ।

.

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७