सपरिवार दयाहाङ्गको ‘मिस्टर झोले’ हेरेपछि डा. बाबुराम भट्टराईले भने–‘फिल्म हेर्नलायक रहेछ’


५ माघ २०७४, शुक्रबार
baburam bhattarai QMSBkrAubC

काठमाण्डौं, ५ माघ : नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार सपरिवार दयाहाङ्ग राईले अभिनय गरेको चलचित्र ‘मिस्टर झोले’ हेरेका छन् ।baburam bhattarai QMSBkrAubC

चलचित्रका नायक दयाहाङ राईले पनि भट्टराई परिवारसँगै बसेर आफ्नै चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेखे–‘दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै ! स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है !’

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र दयाहाङ राई, वर्षा राउत, दिया पुन, प्रविण खतिवडा, वृद्धि तामाङलगायतका कलाकारको अभिनय छ । टेकेन खड्काको प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र टेकेन खड्काको निर्माणमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता रौनकबिक्रम कँडेल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७