थप ६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालगञ्जमा आज मात्रै १५ जना भेटियो


२१ बैशाख २०७७, आईतवार
korona 7 scaled

काठमाडौं, २१ बैशाख। नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । 

नेपालगञ्जमा संक्रमितको संख्या १५ पुगेको हाे । भने देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।   संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।

यसअघि आइतबार नै मन्त्रालयले  नेपालगन्जमा ९ र पर्सामा १ गरी  १० जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७