कुवेतमा थप नौं नेपालीलाई कोरोना, संक्रमितको संख्या ८४ पुग्यो


२२ बैशाख २०७७, सोमबार
kuwet

काठमाडौं, २२ बैशाख । नेपालमा हिजो (आइतबार) एकै दिन १६ जना कोरोना संक्रमित भेटिएका बेला विदेशमा रहेका नेपाली पनि कोरोना संक्रमित हुने क्रम बढ्दै गएको छ ।

रोजगारीका शिलशिलामा कुवेत रहेका थप नौं नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ जना पुगेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा संक्रमण देखिएको थियो ।

संक्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ । कुवेतले निको भएका संक्रमितको भने राष्ट्रियता नखुलाउने भएकाले संक्रमित नेपाली श्रमिक निको भए नभएकोबारे दूतावासलाई कुनै जानकारी नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

कुवेतमा हुने नेपालीमा कसैलाई पनि कोरोना संक्रमणको शंका लागेमा रोजगारदातालाई खबर गर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । आफ्नो आवास छाडेर कतै पनि नजान समेत दूतावासले सचेत गराएको छ ।

संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको संख्या पनि बढिरहेकाले कोरोनाबाट नआत्तिन र उच्च मनोवलका साथ सुरक्षित रहन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७