को हुन् नोबेल साहित्य पुरस्कार पाउने इसिगुरो ?


१९ आश्विन २०७४, बिहीबार
Kazuo Ishiguro winner of the Nobel prize in literature 2017 P

स्वीडेन  : जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ।

पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ। सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालिन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित विषयवस्तु रहने गरेको पाइन्छ।

Kazuo Ishiguro winner of the Nobel prize in literature 2017 P

पुरस्कार छनौट समितिले इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगितिक प्रभाव रहेको पाइन्छ। सन् १९५४ को नोभेम्बर ८ मा जापानको नागासाकी शहरमा जन्मेका इसिगुरो पाँचवर्षको उमेरमा परिवारसहित बेलायत गएका थिए । त्यहाँबाट उनले अंग्रेजी तथा दर्शनशास्त्रमा केन्ट विश्वविद्यालयबाट स्नातक गरेका छन्। उनका सबैभन्दा चर्चित उपन्यासहरु ‘द रिमेन्स अफ द डे’ र ‘नेभर लेट मि गो’ मा आधारित रहेर चलचित्र बनाइएका छन्। ६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा अत्यन्तै खुशी बनेको बताए। उनले जम्मा आठवटा पुस्तक लेखेका छन्। इस्ट एङलिया विश्वविद्यालयमा सृजनात्मक लेखनको अध्ययन गरेका उनले एघार लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७