प्रदेश १ को कोरोना रोकथाम कोषलाई गोर्खाज फाईनान्सको सहयोग


२२ बैशाख २०७७, सोमबार
PR covod 1 scaled

काठमाडौं, २२ बैशाख । गोर्खाज फाईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख  सहयोग गरेको छ ।

फाईनान्सले कोरोना भाईरस महामारि रोकथाम तथा उपचारका लागी प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई फार्ईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन राई, गोर्खा समुह सदस्य यादप राई, खोटाङ्ग जिल्ला संघिय सांसद बिसाल भट्टराईको उपस्थिीतीमा फार्ईनान्सका प्रमुख कार्यकारी अधिकृतले लालबहादुर थिङ्गले रकमको चेक हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री शेरधन राईले कोरोना महामारिको बिषम परिस्थीतीमा फाईनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

फार्ईनान्सका संचालक डेकिन्द्र राईले यस्तो संकटमा प्रदेशले सञ्चालन गरिरहेको अभियानलाई वित्तिय संस्थाले सक्ने सहयोग गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७