जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० खेलाडी र कर्मचारीलाई कोरोना


२३ बैशाख २०७७, मंगलवार
8wRbqEGQvdTbX1YIDUFN

जर्मनी, २३ बैसाख । जर्मनीको शीर्ष डिभिजनको दुई लिगका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

जर्मन फुटबल लिगले हिजो शीर्ष दुई डिभिजन आबद्ध खेलाडी र कर्मचारीहरु गरी १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । एक हजार ७२४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको लिगले जनाएको छ ।

यसै साता शीर्ष डिभिजनको क्लब कोलोनसँग आबद्ध तीन जनालाई कोरोना देखिएको थियो । कोरोनाको कारण जर्मन लिग स्थगित गरिएको छ ।

जर्मन फुटबलले यसै महिनाबाट लिग सुचालु गर्ने तयारी गरिएको छ । क्लबहरुले समूहमा प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण पूर्व परीक्षण भएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७