मध्यमाञ्चलका रविलाई तेक्वान्दोको स्वर्ण


५ माघ २०७४, शुक्रबार
मध्यमाञ्चलका रविलाई तेक्वान्दोको स्वर्ण

काठमाडौं: राखेप च्याम्पियनसीप अन्तरगतको छैटौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता धनकुटाको हिलेमा शुक्रबार सरु भएको छ ।मध्यमाञ्चलका रविलाई तेक्वान्दोको स्वर्ण
पहिलो दिन भएको ३१ बर्ष माथिको पुरुष एकल पुम्सेमा मध्यमाञ्चलका नारायण सिंह थिङले स्वर्ण जिते । उनले स्वर्ण पदक जित्ने क्रममा पश्चिमाञ्चलका प्रेम पुनलाई हराए । १८ देखि ३० बर्ष उमेर समुहमा मध्यमाञ्चलका मनीष चौधरीले स्वर्ण, पश्चिमाञ्चलका रवि अधीकारीले रजत तथा पूर्वाञ्चलका विमल गुरुङ र मध्य पश्चिमाञ्चका नवराज लम्सालले काश्य पदक जिते । १५ देखि १७ बर्ष उमेर समुहको महिलामा पश्चिमाञ्चलकी भावना बुढाथोकीले स्वर्ण, मध्यपश्चिमकी प्रीती चन्दले रजत तथा पूर्वाञ्चलकी पामेला रार्इ र मध्यमाञ्चलकी सृजना महतोले काश्य पदक जिते ।

क्योरोगीको ४६ किलो तौल समुहमा पूर्वाञ्चलकी विनिता घिमिरे, ४९ मा मध्यपश्चिमकी सोनी बुढा र ५३ मा पूृर्वाञ्चलकी अञ्जली चौधरी फाइनल प्रबेश गरे । ५७ मा पूर्वाञ्चलकी सुनिता तामाङ र ६२ मा पवीत्रा धिमाल पनि फाइनल प्रबेश गरे ।
धनकुटाको हिले बजारमा जारी प्रतियोगिताको शुक्रबार नै प्रमुख अतिथी प्रदेश सभा सदस्य निरन रार्इ र राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिब कोइरालाले उद्घाटन गरे । सह आयोजक धनकुटा जिल्ला कार्यसमितीका अध्यक्ष गौरव कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहआयोजक धनकुटा जिल्ला कमिटीका सचिव युवराज शाहीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा धनकुटा नगरपालीकाका मेयर चिन्तन तामाङ, महासेनानी शंकर पण्डित, जिल्ला समन्वय समितीका सदस्य ओङदा तामाङ, धनकुटा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष भोगेन्द्र थापा, धनकुटा उद्धोग बाणिज्य महासंघका अध्यक्ष उमेस घिमिरे र पाख्रीबास नगरपालीका अध्यक्ष बिर्ख बहादुर राइको उपश्थिती थियो ।
कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राज कुमार कार्कीले धनकुटाका आयोजक भब्य प्रतियोगिता आयोजना गर्न सक्षम रहेको प्रतिक्रिया दिए । राष्ट्रिय तेक्वान्दो संघ नेपालको धनकुटा जिल्ला कार्य समितीको आयोजनामा जारी प्रतियोगिताको उद्घाटन समारोहमा खेलकर्मी र धनकुटाबासीले मार्चपास गर्दै हिले बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७