लकडाउन ४४ औं दिन: लकडाउन उल्लङ्घन गर्ने बढ्दो, उपत्यकामा भित्रन खोज्ने सय बढी सवारी फर्काइयो{भिडियाे}


२४ बैशाख २०७७, बुधबार
Lockdown 244day.00 01 12 12.Still006

काठमाडौं, २४ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन ४३ दिनसम्म जारी छ । सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको हो ।

सरकारले चौथोपटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएको फेरी जेठ ५ गतेसम्म बढाउने आज(बुधबार) बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम घटिनसकेको र भारतमा समेत दिनहुँ संक्रमित बढिरहेको बताउँदै लकडाउन थप गर्ने निर्णयमा सरकार बताएको छ।

लकडाउन बढदै जाँदा काठमाडौं उपत्यकामा उल्लङ्घन गर्नेहरु बढेका छन् । सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ । सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ ।

सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ । केहि दिन यता दैनिकजसो एक हजार भन्दा बढि सवारीसाधानलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् । सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।
उपत्यकामा भित्रन खोज्ने सवारी फर्काइए

पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको संख्या बढिरहेको छ ।  सरकारले अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाए पनि बढ्दो रहेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिँदै सोमबार ३७ सवारीलाई यहींबाट फकाईएको र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए ।

पछिल्लो समय लकडाउन भए पनि विभिन्न बहानामा र पहुँचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि अहिले उपत्यका भित्रने सबै नाकामा कडाइ गरिएको हो । काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७