प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण


२५ बैशाख २०७७, बिहीबार
pm oli ykeLbo0RCD

काठमाडौं,२५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।

उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

सोही अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७