विराटनगर अस्पतालबाट सात नेपालीसहित आठ संक्रमित डिस्चार्ज


२६ बैशाख २०७७, शुक्रबार
koshi hospital l62pUrblgk

मोरङ, २६ बैसाख । मोरङको विराटनगरमा उपचार गराइरहेका सात नेपाली र एक जना भारतीय कोरोना संक्रमित निको भएपछि आज (शसक्रबार) डिस्चार्ज भएका छन् ।

प्रदेश–१ सरकारको कोशी कोभिड १९ अस्पतालले तीन पटकसम्म गर्दा सबै पटक नेगेटिभ पाइएपछि सात नेपाली र एक जना भारतीय आज डिस्चार्ज भएका हुन् ।

आज डिस्र्चाज हुने नेपालीहरुमा एक महिलासहित ५ जना उदयपुर र दुई जना विराटनगरका छन् । एक जना भारत उत्तर प्रदेशका छन् । उनीहरु सबैलाई प्रदेश–१ सामाजिक बिकासमन्त्री जीवन घिमिरे, कोभिड अस्पताका चिकित्सक र स्वास्थ्यकर्मीले बिदाई गरेका छन् ।

२४ बैसाखमा उपचाररत ६ जना भारतीयमा संक्रमणको कुनै लक्षण नभेटेपछि डिस्चार्ज भएका थिए । उनीहरु सबैलाई थप १४ दिन क्वारेन्टाइमा राखिने अस्पताल प्रमुख डा. संगीता मिश्रले जानकारी दिएकी छन् ।

प्रदेश–१ को कोभिड अस्पतालमा जम्मा ३१ जना संक्रमित उपचारका लागि भर्ना भएका थिए । जसमध्ये १४ जना निको भएर डिस्चार्ज भइसकेका छन । उपचाररत रहेकाहरुको अवस्था पनि सामान्य छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७