गीत मार्फत संस्कृति जोगाउँदै पदम थुलुङ


६ माघ २०७४, शनिबार
padam thulung Rai

काठमाडौं : खोटाङको रावावेशि गाउँपालिका–३ लामिडाडाँमा जन्मेका पदम थुलुङ राई नेपाली सङ्गीत क्षेत्रमा काम गर्दे आएका छन् । भारतको इलाहाबाबाट सङ्गीतको  बि म्युज गरेका उनी लोपन्मुख भाकाहरूको खोजी गरिरहेका छन् । padam thulung Rai

यसै क्रम उनले किराँत वस्तीहरुको मौलिक संस्कृति आधारित गाउँघरका बुढापाकासँगै लोपोन्मुख बनिसकेको लोकभाका विशेषगरी गाउँघरमा एकादसी लगायतका मेला हाटबजार तथा विहेबारी, छेवर लगायतका शुभ कार्यमा पाहुनासँग छुट्टिने बेलामा गाइने भाकालाई समेटेर  किराती नयाँ वर्षको अवसरमा ‘माया छ रुमालैमा’ सार्वजनिक गरेको छ ।

उनले लोपोन्मुख बनिसकेको सो लोकभाका विशेषगरी गाउँघरमा कुनै–कुनै ठाउँमा मात्र गाइने भएकाले  गीतकाे भडियाेमा भाकालाई सुहाउँदो दृश्य गाउँमै कैंद गरिएको बताए । padam thulung rai 2
‘अहिलेका युवा पुस्ता जानकार छैनन्, यो लोपोन्मुख बनिसकेको छ,’ थुलुङले भने, ‘यो भाका बुढापाकाले मात्र गाउने गरेका छन्, गाउँघरमा सदियौंदेखि बसोबास गर्ने बाजे बराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो बनाएका हौँ ।’

विशेष गरी बुढापाकाले मात्र गाउने र बुझ्ने भाकामा आधारित ६ मिनेट लामो लोकजुहारीमा स्वयम् गायक थुलुङ र गायिका सरला राईको स्वर रहेको छ ।

भिडियोमा सितोरियो करातेकी रेफ्री समेत रहेकी मोडल शेसुका राई, पवन राई, निर्मला पुलामी, वसन्त राई, दिनेश राई, रुनेका राई लगायतले फिचरिङ गरेका छन् ।

गणेशकुमार राईको शब्द र अनिल थुलुङको नृत्य निर्देशन रहेको लोकजुहारीको भिडियोको निर्देशन युवराज राईले गरेका हुन् ।

लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारीको छायाङ्कन खोटाङकै लामीडाँडा गाउँपालिकाको चिउरीबासमा गरिएको बताए । वसन्त राई र दिनेश राईले निर्माण गरेको हुन् ।
उनले भिडियो व्यावसायिकताका लागि मात्र नभएर सदियौंदेखि बसोबास गर्ने बाजेबराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो निर्माण गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७