एमाले भोजपुरद्वारा उम्मेद्वार सिफारिस, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ तीन प्रतिस्पर्धी (सूचिसहित)


२० आश्विन २०७४, शुक्रबार

भोजपुर : नेकपा (एमाले) भोजपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सदस्य लागि उम्मेदवार सिफारिस गरेको छ । बुधवारबाट सुरु भएको   जिल्ला कमिटी भोजपुर र क्षेत्रीय कमिटी समन्वय कमिटीको बैठकले निर्वाचनका लागि भोजपुरको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।

Logo of CPN UML

एमालेले प्रतिनिधीसभाको लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरेका नामहरुमा एमाले केन्द्रीय सदस्यद्वय जयन्ती राई, राजेन्द्र कुमार राई र सांसद कृपासुर शेर्पा रहेका छन् । उनीहरूको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो । समानुपातिकतर्फ भने धनहर्क राई, अमर सापकोटा, तिर्थ कुमार राई, केदारमान राई, रामशोभा राई सबिना राई, र दानबहादुर राईको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ मा प्रत्यक्षतर्फ हरिबहादुर राई, देविराम चौलागाई, विष्णु कुमार राई, शरण कुमार राई र मक्करबहादुर खड्का सिफारिसमा परेका छन् । समानुपातिकतर्फ जीवन राई इश्वरबहादुर कार्की, ज्ञानेन्द्र कार्की, कल्पना राई, यशोदा गौतम, हरि भित्रिकोटी, शेरबहादुर श्रेष्ठ, पासङ दोर्ची शेर्पा, खड्ग पौडेल,  र हरि न्यौपाने रहेका छन् ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राई प्रदेश सभालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ । भने समानुपातिकतर्फ भरत तामाङ, टिका विष्ट, घमानसिंह राई, विरजंग राई, रविन शिवा, लालबहादुर विक, दुर्गा रणपहेली, सिर्जना राई, सरिता तामाङ र बिमला थापा सिफारिस भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७