कोरोनाबाट साउदीमा एक नेपालीको मृत्यु, संक्रमित नेपाली ५० बढी


२९ बैशाख २०७७, सोमबार
saudi

काठमाडौं, २९ बैशाख । रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका एक नेपालीको कोराना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

कोरानाका संक्रमणबाट साउदीको जेद्दामा एक नेपालीको ज्यान गएको त्यहाँस्थित महावाणिज्य दूतावासले जानकारी दिएको छ । मृत्तकको पहिचान भने खुलाइएको छैन । महावाणिज्य दूतावासका अनुसार जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपाली कोरोना संक्रमित भइसकेका छन् ।

जसमध्ये १० जना भने निको भएका छन् । बाँकी ४३ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।

पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।
साउदीमा दूतावासका अनुसार त्यहाँ ५० नेपालीलाई कोरोना संक्रमण भएको छ ।

तीमध्ये १५ जना निको भएका छन् । साउदीमा अहिलेसम्म कूल ३९ हजार ०४८ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये ११ हजार ५४७ जना निको भएका छन् । २४६ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७