दुबईमा रहेका पूूर्व राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण {भिडियाे}


३० बैशाख २०७७, मंगलवार
ranjeet shrestha

काठमाडौं, २९ बैशाख । पूर्व राष्ट्रिय फुटबल खेलाडी रन्जित श्रेष्ठले आफुलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिए । उनको अवस्था सामान्य रहेको र सेल्फ आइसोलेशनमा छन् ।

रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । हाल सेल्फ आइसोलेसनमा रहेको तर खासै त्यस्तो केही जस्तो त भएको छ्र्रैन । तातोपानी खान्छु व्यालेन्स डाइटमा बसिरहेको छु ।’

अहिले आफनो अवस्था सामान्य रहेको र कोरोना भाइरसका कारण आतिनुपर्ने केही नभएपनि कहिलेकाहीं सुख्खा खोकी लाग्ने गरे पनि हाल खाना खाने र जगिङ गर्ने गरेको उनले सुनाए । उनले आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन समेत भनेका छन् ।

उनले आफ्नो पहिलो परीक्षणमा पोजेटिभ देखिएको र दोस्रो परीक्षणमा आउने नतिजा बारे जानकारी गराउने बताए ।

झापाका घर भएका उनी नेपाली यू १६ का पूर्व कप्तान हुन् । उनले नेपाली राष्ट्रिय टिमबाट मर्डेका कप, सन २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप र ११ औ दक्षिण एसियाली खेलकुद (साग) गेम खेलेका थिए । घरेलु फुटबलमा उनले संकटा क्लब, न्युरोड टिम (एनआरटी), थ्रीस्टार, फ्रेन्डस क्लब र झापा–११ बाट खेलेका थिए ।

उनी अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीको दोश्रो ब्याचका उत्पादन हुन् । नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७