अपांग पुर्नस्थापना केन्द्रलाई मेरिनाले हस्तान्तरण गरिन् आफुले जिेतेकी ५० हजार पुरस्कार


६ माघ २०७४, शनिबार
merina tumsa limbu 3

काठमाडौँ : ‘मिस नेशनल आईकन–२०१७’की सेकेण्ड रनरअप बनेकी पत्रकार मेरिना तुम्सा लिम्बूले आफूले प्राप्त गरेकी पुरस्कार अपांग पुर्नस्थापना केन्द्रलाई हस्तान्तरण गरेकी छिन् ।merina tumsa limbu 3

गत महिना भएको ‘मिस नेशनल आईकन’मा कर सहित ५० हजार रुपैयाँ जितेकी उनले शुक्रबार धरान–१ छाताचोकस्थित पुनस्थापना केन्द्रको गृह निर्माणको लागि हस्तातरण गरेकी हुन् । उनले कर कटाएर प्राप्त गर्ने रकममा थप गरेर ५० हजार बराबरको सामाग्री हस्तातरण गरेकी हुन् ।

उनले दुःख सित बस्दै आएको पुनःस्थापना केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छिन् । ‘धेरै संख्यामा अपाङ्ग रहेको, केन्द्र पानी पर्दा छिटा पस्ने, गर्मीमा वस्न समस्या वस्न बाध्य छन् । यस्तो अवस्थामा निर्माण भइरहेको केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ’, उनले भनेकी छिन् ।

धरानको विजयपुर एमएफका आरजे समेत रहेकी उनी राजधानीमा आयोजित प्रथम ‘मिस नेशनल आईकन’मा सेकेण्ड रनरअपको ताजसहित ५० हजार नगद जितेकी थिइन् । त्यस लगत्तै उनले केन्द्रलाई रकम दिने घोषणा गरेकी थिइन् । merina tumsa limbu 2

merina tumsa limbu 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७