लकडाउनको बाबजुद एनआईसी एशियालाई तेस्रो त्रैमासिकमा ३८ करोड मुनाफा

बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक


३० बैशाख २०७७, मंगलवार
Nic Asia Bank Logo

काठमाडौं, ३० बैशाख । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासमा लकडाउनको बावजुद ३८ करोड मुुनाफ हासिल गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९को कारण सृर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२% (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गरेको हो । ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०% (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पु¥याउन बैंक सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एन आई सी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४% कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५% भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ % रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैंकले चालु आ. व. को ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेप तर्फ १० ग्राहक महानुभावहरूको अंश ११% यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेप ९ऋब्क्ब्० को हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्दछ ।

कोरोना महामारीको समयमा बैकले सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हर सम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ ।

  बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७