नेता गिरफ्तारीको विरोधमा नेविसंघद्धारा ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र {भिडियो}


३० बैशाख २०७७, मंगलवार
nebisangh

काठमाडौं, ३० बैशाख । लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत–चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको नेविसंघले जनाएको छ ।

काठमाडौंमा नेविसंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापन पत्र बुझाइएको नेविसंघ काठमाडौंका कार्यबहाक अध्यक्ष जिवन श्रेष्ठले बताए । नेपालको सीमा मिचिसक्दा पनि नेपाल सरका बेखबर रहेको भन्दै उहाले यसमा सरकारले बिशेष ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै नेविसंघका निर्वतमान केन्द्रीय सदस्य प्रेम बहादुर शाहीले पहिलो चरणको आन्दोलन स्वरुप ज्ञापन पत्र बुझाएको भन्दै सीमा रक्षाका लागि सरकार गम्भीर नभए आन्दोलन चर्काउने चेतावनी दिए।

यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७