कृषि विकास बैंकको खुद नाफा २ अर्ब बढी


१ जेष्ठ २०७७, बिहीबार
krishibikashbank

काठमाडौं, १ जेठ । कृषि विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १७ करोड २१ लाख रुपैयाँ कम हो ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले गत आवको चैत मसान्तसम्ममा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्मा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले चालु आवको चैतसम्ममा ४ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन मुनाफा घटेर २ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी २६.५५ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा घटेर ३.६५ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७