चर्चित अभिनेता अनमोल आफ्नै शिक्षिकासँग प्रेममा……..


७ माघ २०७४, आईतवार
anamol

काठमाण्डौ, ७ माघ : अनमोल केसी अहिलेका सबैभन्दा चलेका कलाकार । उनको पछिल्लो चलचित्र ‘कृ’ आउँदो माघ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।anamol
चलचित्रका सदावहार नायक भुवन केसीका छोरा अनमोलले केहि दिनअघि आफू कसैले नचिन्ने ‘गेटअप’ मा चटपटे खान जाने गरेको खुलासा गरेका छन् । विगतमा आफ्ना निजी कुरा उति नखोल्ने अनमोलले विस्तारै आफ्ना गोप्य कुराहरु खोल्न थालेका छन् । नेपाली चलचित्र उद्योगका अनमोल पछिल्ला दिनका महँगा नायक हुन् । भुवनका छोरा अनमोल समेत बाल्यकालबाटै प्रेममा माहिर भएको खुलासा भएको छ । यिनै नायक अनमोलको बालपन कसरी बित्यो, विद्यार्थी जीवन कसरी बिताए ? भन्ने विषयमा उनले पछिल्ला दिनमा गोप्य कुराहरु खुलासा गर्दै आएका छन् । उनी वास्तवमै एक बद्मास स्वभावको भएको खुलासा स्वयम् उनले गरेका हुन् ।

यहि बद्मास स्वभावका कारण उनी दुई पटक विद्यालयबाट निष्कासनमा परेका थिए । उनी स्कुल पढ्दा आफ्नै शिक्षिकलाई मन पराउँथे । यत्तिसम्म की मन पराएको शिक्षिकालाई प्रेम प्रस्ताव राख्ने इच्छा थियो । तर, त्यो कहिल्यै पूरा भएन । लभलेटर किताबमा राखेकै कुरा साथीभाइले थाहा पाएका कारण उनले केटीहरुको कुटाइ भने खुब खान्थे । अहिले अनमोलको रिलेसनसिप कोसँग छ भन्ने नखुलीरहेका बेला स्कुले जीवनको अञ्जान औछट भने बाहिर आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७