कोरोनाका कारण रोजगारी गुमाएर फर्केका युवालाई विकास निर्माणका काममा लगाइने


२ जेष्ठ २०७७, शुक्रबार
Rastrapati Sambodhan tRQa1vcGOu

काठमाडौं, जेठ । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेशबाट फर्किने युवाहरुलाई भौतिक पूर्वाधार तथा विकास निर्माणका काममा लगाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोनाका कारण लाखौं युवाहरु वैदेशिक वेरोजगारी गुमाएर स्वदेश फर्कने सम्भावना रहेको भन्दै त्यी युवाहरुलाई सम्बोधन गर्न सरकारले यस्तो निति बनाएको जानकारी गराइन् ।

यस्ता युवाहरुलाई स्थानीय निकायहरुसँगको साझेदारीमा कृषि क्षेत्रमा समेत आकर्षित गर्ने गरी कार्यक्रम अघि बढाइने राष्ट्रपति भण्डारीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७