अपराध लुकाउन साधुको भेष ! १० वर्षपछि समातिए अघोरी बाबा


७ माघ २०७४, आईतवार
aaghori

काठमाण्डौं, ७ माघ : सरकारी कागजात कीर्तेको अभियोग लागेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् । अभियोग लागेपछि प्रहरीको आँखा छल्न ‘साधुको भेष’ बदलेका नवराज पोखरेल उर्फ अघोरी बाबालाई प्रहरीले पक्रेको छ ।aaghori

कीर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका पोखरेलले अपराध लुकाउन साधुको भेष बदलेका थिए । नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा ११ वर्षअघि प्रहरीले पोखरेललाई पक्रेको थियो । त्यसपछि धरौटीमा छुटेका उनलाई २४ वैशाख ०६१ मा काठमाण्डौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँको जरिवाना सुनाएको थियो ।

११ वर्षअघि पोखरेलले कालिकास्थानमा कार्यालय नै खोलेर नक्कली सरकारी प्रमाणपत्रको धन्दा चलाउँदै आएका थिए । सो कैदबाट बच्न उनी तान्त्रिक र जोगी भन्दै भेष बदलेर अपराध लुकाई रहेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पोखरेललाई सुन्दरीजलबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरोका डीएसपी कृष्ण महतले जानकारी दिएका छन् । उनलाई जेल चलान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७