जगत र रोस्मा अनलाइन कातामा च्याम्पियन


२ जेष्ठ २०७७, शुक्रबार
karate

काठमाडौं २ जेठ । जगतसिंह धानुक र रोस्मा राईले प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताको उपाधि जितेका छन् ।

गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ पुरुषतर्फ धनगढी डोजोका जगतसिंह धानुक र महिलातर्फ खोटाङकी रोस्मा राई प्रथम भएका हुन् ।२१ जनालाई पछि पारेका धनगढी डोजोका धानुकले कूल २४.५ अंक ल्याएर पहिलो भएका हुन् । पुरुषतर्फ बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठ २३ अकसहित दोश्रो तथा नरहरी डोजोका स्वर्णिम मानन्धर २२.०५ अं ल्याएर तेश्रो भए ।

महिलातर्फ ११ खेलाडी सहभागी भएकोमा खोटाङ डोजोकी रोस्मा राईले २४.५ अंक ल्याएर प्रथम भइन् । यस्तै धनगढी कराँते एकेडेमीकी वर्ष राउत दोश्रो तथा एपीएफकी सरिता श्रेष्ठ तेश्रो भइन् । वर्षाले २३ र सरिताले २२.०५ अंक ल्याइन् ।

rosma rai

प्रतियोगितामा दुवै विधामा विजेता बनेका खेलाडीले १२/१२ हजार प्राप्त गरे । यस्तै दोश्रो हुनेले ६ हजार पाँच सय र तेश्रो हुनेले ४ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगिताको उदियमान खेलाडी लैनचौर डोजोका रिहान जावेद घोषित भए भने सुर्खेतका ५२ वर्षीय खेलाडी प्रदीप राईलाई म्याचोर खेलाडी घोषित गरिएको छ ।

अहिले विश्वभर नै कोरोनाभाइरस (कोभिड१९) महामारीका कारण अहिले नेपाल डकडाउनमा रहेको र खेलकुद गतिविधि हुन नसकिरहेको बेला करातेको काता प्रतिस्पर्धा अनलाइनबाटै आयोजना गरिएको हो । यसका लागि आयोजकले देशभर रहेका खेलाडीलाई काताको भिडियो बनाएर फेसबुकमा पोष्ट गर्न आग्रह गरेको थियो । शुक्रबार दिउँसो साढे १ बजेपछि त्यही भिडियोको आधारमा प्रतियोगिताको विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको संयोजक १३औं सागको दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले गरेका थिए । मन्डेसँगै आठौं सागमा स्वर्ण विजेता तथा १३औं सागमा प्रशिक्षक रहेका गंगाराम महर्जनले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताका लागि आठौं सागमा स्वर्ण विजेता एवंम नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७